६ जेष्ठ २०८१, आइतबार

मर्जरको लाभ उठाउँदै महालक्ष्मी विकास बैंक


MahaLaxmi Bikas Bank

१६ वैशाख, काठमाण्डौ । यति डेभलपमेन्ट बैंकलाई गाभेर बनेको महालक्ष्मी विकास बैंक (MLBL) ले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा खुद नाफा ५५ प्रतिशतले बढेको वित्तीय विवरण सार्वजनिक गरेको छ । नाफा बढेपनि पूँजीको अनुपातमा कमाई नबढ्दा कम्पनीको प्रतिसेयर आम्दानी खुम्चिएको छ भने खराब कर्जाको आकार समेत बढेको छ ।

गत आर्थिक बर्षको तेस्रो त्रैमासमा २१ करोड ७१ लाख खूद नाफा गरको बैंकले चालु बर्षको चैतसम्ममा ३३ करोड ६९ लाख नाफा आर्जन छ ।

बैंकको संचालन मुनाफा तथा खुद ब्याज आम्दानीमा आएको उच्च बढोत्तरीले नाफा बढेको हो । बैंकको संचालन १० करोड ७९ लाख रुपैयाँबाट १७ करोड १० लाख पुगेको छ ।

त्यस्तै गतवर्ष ३६ करोड ८१ लखमा खूद ब्याज आम्दानी गरेको र्बैंकले ७१ करोड ८९ लाख खुद ब्याज आम्दानी गरेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप १०४ प्रतिशत तथा कर्जा परिचालनमा १०८ प्रतिशतको सुधार आएको छ ।

यस अवधिमसम्म बैंकले २५ अर्ब ११ करोड निक्षेप संकलन गरी २१ अर्ब ६४ करोड कर्जा परिचालन गरेको हो ।
चुक्ता पूँजी एक अर्ब ३१ करोड रुपैयाँबाट दुई अर्ब ६३ करोड रुपैयाँ पुगेको छ। जगेडा कोषमा एक अर्ब १९ करोड रुपैयाँ जम्मा भएको छ।

अधिकांश सूचक मजबुत भए पनि बैंकमा खराब कर्जा भने बढेको छ । गत वर्ष ३.८३ प्रतिशत रहेको यस्तो कर्जा बढेर यो वर्ष ३.९७ प्रतिशत पुगेको हो ।

बैंकको पूँजी कोष अनुपात १२.७६ प्रतिशतबाट बढेर १५.३१ प्रतिशत पुगेको छ। आधार व्याजदर १०.७१ प्रतिशतबाट बढेर १२.१६ प्रतिशत पुगेको छ। बैंकको प्रतिशेयर आम्दानी १७ रुपैयाँ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !