३ असार २०८१, आइतबार

ग्लोबल आइएमई बैंकको तेस्रो त्रैमासिक देखिएन उत्साहप्रद


ग्लोबल आइएमई बैंक ?????????????????????????????????????????????????????????

१० वैशाख, काठमाण्डौ । ग्लोबल आइएमई बैंक (GBIME) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा संचालन मुनाफा तथा खुद नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ । संचालन खर्च, खुद ब्याज आम्दानीमा आएको गिरावट र अन्य खर्चहरु बढेपनि बैकले उत्साहप्रद प्रतिवेदन निकाल्न सकेन । बैंकको पूँजकोष समेत खुम्चिएको छ ।

चैत्र मसान्तसम्ममा बैंकले एक अर्ब ४४ करोड खुद नाफा गरेको छ । जुन गतबर्षको यसै अवधिको भन्दा ३ करोड २० लाख कम हो । बैंकको संचालन मुनाफा ७.३५ प्रतिशतले घटेको छ ।

यसअवधिमा बैंकले एक अर्ब ८१ करोड संचालन मुनाफा गरेको छ । जुन गतबर्षको भन्दा १४ करोड कम हो । खूद ब्याज आम्दानी सामान्य बढाएको बैंकले अन्य खर्च नियन्त्रण गर्न नसक्दा मुनाफा घट्न पुगेको हो ।

साथै बैंकको पूँजीकोष गतबर्षको भन्दा ३.६२ प्रतिशतले गिरावट आएको छ । गतबर्ष १२.१६ प्रतिशत रहेको पूँजीकोष अनुपात ११.७२ प्रतिशतमा झरेको छ । बैंकलाई पूँजीकोष बढाउदै लग्नुपर्ने देखिएको छ ।

समीक्षा अवधिमा बैंकले १ खर्ब २ अर्ब ५७ करोड बराबर निक्षेप संकलन गरी ८९ अर्ब ६ करोड कर्जा प्रवाह गरेको छ । बैंकको निक्षेप १९.५३ प्रतिशत तथा कर्जा प्रवाह २१.७९ प्रतिशतले बढेको हो । बैंकको सिसिडि रेशियो ७५.२९ प्रतिशत छ । अझैपनि बैंकसँग थप कर्जा विस्तार गर्ने अवस्था छ । बैंकको कोषको लागत ८.२२ प्रतिशत छ भने आधारदर ११.६८ प्रतिशत छ ।

यसअवधिमा बैंकको खराब कर्जा केही घटेको छ । बैंकको खराब कर्जा १.५३ प्रतिशतबाट १.२९ प्रतिशत झरेको छ । बैंकले यो अवधिमा ३५ करोड ६१ लाख रुपैयाँ खराब कर्जा असुल गरेको छ । २१ करोड रुपैयाँ जोखिम व्यवस्थापनमा राखेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !