३ मंसिर २०८१, सोमबार

३ दिने पत्रकारिता तालिम सम्पन्न


Training

९ वैशाख, काठमाण्डौ  । आर्थिक पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तीन दिने पत्रकारिता तालिम सम्पन्न भएको छ । नेपाल आर्थिक पत्रकार संघ(नाफिज) र मिडिया इन्टरनेसनलको संयुक्त रुपमा आयोजना गरेको उक्त तालिम शनिबार सम्पन्न भएको हो ।

शनिबार मर्चेण्ट बैंकिङ तथा शेयर बजारबारे प्रशिक्षणसँगै तालिम समापन भएको हो । ३ दिने तालिममा नेपाल राष्ट्र बैंकले तयार पार्ने मुल्य वृद्धिसँग सम्बन्धी तथ्यांकका विश्लेषण र मुल्य वृद्धिका तथ्यांक संकलनका विधि, डाटा एनालाइसेस, कमोडिटी बजार, मर्चेट बैंकिङ, शेयर बजार लगायतका विभिन्न विषयमा प्रशिक्षण दिइएको थियो ।

राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी आरबीबी मर्चेन्टका प्रमुख कार्यकारी अधिकृत डा. रमेश भण्डारी, दिवश न्यौपाने, अमृत खरेल, श्रीधर खनाल तथा प्राविधिक विश्लेषक माधव थापाले आर्थिक पत्रकारहरुलाई प्रशिक्षण दिएका थिए । बिहीबारदेखि शुरु भएको उक्त तालिममा विभिन्न सञ्चार माध्यममा कार्यरत ५६ जना आर्थिक पत्रकारहरु सहभागी थिए ।

आगामी दिनमा पनि आर्थिक पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै जाने नेपाल आर्थिक पत्रकार संघ(नाफिज) का महासचिव इन्द्र बानियाले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !