१३ आश्विन २०८१, आइतबार

ट्रयाक्टरवाट खसेर एकको मृत्यु


निधन

५ वैशाख, पाल्पा । ट्र्याक्टरवाट खसेर रिब्दीकोट गाउँपालिका–५ नैटोलाकी ४५ वर्षीया मीना कार्कीको मृत्यु भएको छ ।

हार्थोकवाट जाँदै गरेको लु३त १४५२ नम्बरको ट्र्याक्टरवाट नैटोलामा गएराति साढे ११ बजे खसेर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले बताए ।

ट्याक्टरको पछाडि ट्रलीवाट खसेर घटनास्थलमै उनको मृत्यु भएको घिमिरेले बताए । उनलाई टायरले किचेको थियो । चालक र ट्याक्टर प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !