१३ आश्विन २०८१, आइतबार

‘राजा मामा’को निधन


raja mama

५ वैशाख, काठमाण्डौ । लोपोन्मुख कुसुन्डा जातिका ‘राजा मामा’को ७५ वर्षको उमेरमा निधन भएको छ ।

तनहुँको ब्यास नगरपालिका वडा नम्बर १० डीही गाउँमा बस्दै आएका मामाको बुधबार बिहान आफ्नै घरमा निधन भएको हो । मामा कुसुन्डा जातिको भाषा बोल्न जान्ने एकमात्र व्यक्ति थिए ।

राजा मामा उच्च रक्तचापको बिरामी थिए । उनको निधनले लोपोन्मुख कुसुन्डा जाती र सिंगो आदिवासी जनजातीहरुलाई अपुरणीय क्षति भएको आदिवासी जनजाती महासंघ तनहुँ जिल्ला समन्वय परिषदका निवर्तमान अध्यक्ष दीर्घ गुरुङले बताए ।

उनलाई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले संरक्षण गरेर राखेको थियो । प्रतिष्ठानले २०६१ सालतिर इन्द्रमाया तामाङसँग बिहे गराइदिएको थियो ।

उनी गाउँमा ‘कुसुन्डा कान्छा’ भनेर चिनिन्थे । पछि आदिवासी जनजाती अगुवाहरुले उनलाई ‘राजा मामा’ नाम दिएका हुन् । उनले तनहुँ जिल्ला प्रशासन कार्यालयबाट पनि ‘राजा मामा कुसुन्डा’ नामबाट नागरिकता बनाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !