११ बैशाख २०८१, मंगलबार

काठमाडौं उपत्यकामा शुक्रवार रातिदेखि जोरबिजोर प्रणाली लागु हुने


काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रवार रातिदेखि जोरबिजोर प्रणाली लागु हुने भएको छ । काठमाडौं उपत्यकाका तिन जिल्लाहरु काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयले शुक्रवार रातिदेखि उपत्यकामा चल्ने सवारी साधनहरुमा जोरबिजोर प्रणाली लागु गरेका छन् ।

भीडभाडजन्य गतिविधिहरुलाई निरुत्साहित गर्नका लागि जोरबिजोर प्रणाली लागु गरिएको बताएको छ ।

सवारीसाधनको जोरबिजोर प्रणालीले आवश्यकताभन्दा बाहेकका गतिविधिलाई निरुत्साहित गर्ने ठहरका साथ प्रशासनले यस्तो निर्णय गरेको हो । उपचार लगायत अत्यावश्यक सेवा प्रवाहका लागि भने जोरबिजोर प्रणाली लागु हुनेछैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !