२ कार्तिक २०८१, शुक्रबार

सर्वेन्द्र र शैलेन्द्ललाई दर्ज्यानी चिह्न प्रदान


sarbendra an shailendra

२९ चैत, काठमाण्डौ । गृहमन्त्री प्रेमकुमार राईले बिहिबार बिहान गृहमन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीका आईजीपी शैलेन्द्र खनाललाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

उनीहरुले आजदेखि नै आफ्नो कार्यभार सम्हाल्नेछन् । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले सर्वेन्द्र र शैलेन्द्रलाई महानिरीक्षक पदमा नियुक्त गरेको थियो ।

प्रहरी महानिरीक्षक प्रकाश अर्याल र सशस्त्र प्रहरीका महानिरीक्षक सिंहबहादुर श्रेष्ठले बुधबार ३० बर्षे सेवा अवधिबाट अनिवार्य अवाकाश पाएका थिए ।

नेपाल प्रहरीका वर्तमान अर्याल र श्रेष्ठसँगै १५ जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी), ९ जना प्रहरी नायब महानिरीक्षक (डिआईजी) सहित एक जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ले अवकाश पाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !