१३ आश्विन २०८१, आइतबार

राष्ट्रवादी खेलकुद महासंघको प्रथम एतिहासिक राष्ट्रिय भेला सम्पन्न


rashtavadi

२७ चैत, काठमाण्डाै । राष्ट्रवादी केन्द्र नेपालको भातृसंगठन राष्ट्रवादी खेलकुद महासंघको प्रथम एतिहासिक राष्ट्रिय भेला सम्पन्न भएको छ ।

राष्ट्रवादी केन्द्र नेपालका अध्यक्ष चन्द्रवहादुर थापा सागरको प्रमुख आथित्यमा उक्त भेला सम्पन्न भएको हो ।

खेल स्वास्थ्यको लागि, खेलाडी राष्ट्रको लागि भन्ने मुल नारासहित आज काठमाण्डाैको चावहेलमा आयोजना गरिएको एतिहासिक भेलालाई अध्यक्ष सागरले सम्बोधन गरेका हुन् ।

उनले भने, ‘खेलकुद वेरोजगार उत्पादन गर्नको लागि र खेलाडी खाडीमा भेडा हेर्नको लागि होइन, खेलकुद र खेलाडी राष्ट्रलाई चिनाउने गहना हुन् । यीनलाई चिनाउने र बचाउने आधार सरकारले ग्यारेन्टी लिनुपर्छ ।’

उक्त भेलावाट अध्यक्षमा बद्री केसी सहित २१ जना पदधिकारी सदस्य र एक सय एक जना केन्द्रिय समिती सदस्यमा निर्वाचित भएको राष्ट्रवादी विधार्थी संघका केन्द्रिय सचिव अनिल राना थारुले बाताए ।

एतिहासिक राष्ट्रिय भेला कार्यक्रमलाई कार्यक्रमका सभाध्यक्ष ज्ञानेन्द्र अधिकारीले समापन गरेको थारुले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !