१३ जेष्ठ २०८१, आइतबार

चौराह धनगढी र महेन्द्रनगर युनाइटेड धनगढी प्रिमियर लिगको प्ले अफमा प्रवेश


DPL 2

२५ चैत, धनगढी । चौराह धनगढी र महेन्द्रनगर युनाइटेड धनगढी प्रिमियर लिगको प्ले अफमा प्रवेश गरेका छन ।

शनिबार भएको दोस्रो खेलमा चौराहले, लिग चरणबाट बाहिरिसकेको रुपन्देही च्यालेन्जर्समाथि तीन रनको रोमाञ्चक जित हात पार्यो ।

टस हारेर ब्याटिङ गरेको चौराहले निर्धारित आठ ओभरमा सात विकेट गुमाउँदै ७६ रन बनाएको थियो । वर्षाका कारण खेल ढिलो सुरु भएपछि २० ओभरबाट खेल आठ ओभरमा झारिएको थियो ।

११ रनमा तीन विकेट गुमाएपछि दवावमा आएको चौराहका लागि सोनु तामाङले विस्फोटक ब्याटिङ गरे । सोनुले १३ बलमा ३४ रन बनाए । उनले चार छक्का र एक चौका प्रहार गरेका थिए । चौराहले पहिलो ओभरको पहिलो वलमा नै ओपनर अस्फाक अहमदलाइ शून्यमा गुमाएको थियो ।

त्यसपछि आएका सुनिल धमला ६ र सोमपाल कामी दुई रनमा मैदान बाहिरिएका थिए । तर, सोनु र रोहन मुस्तफाले चौथो विकेटका लागि ४० रनको साझेदारी गर्दै टिमलाइ अगाडि बढाएका थिए ।

रोहन १५ रनमा आउट भए । रुपन्देहीका सुसान भारीले तीन, दिपेश श्रेष्ठले दुई र सागर पुन तथा शक्ति गौचनले एक एक विकेट लिए । जवाफमा रुपन्देहीले आठ ओभरमा पाँच विकेट गुमाउँदै ७३ रन बनायो ।

सागर पुनले आक्रमक ब्याटिङ गर्दै ३३ रन बनाएपछि चौराह दवावमा आएको थियो । मुस्तफाले सागरलाइ आउट गरे । एक समय रुपन्देही पाँच ओभरमा ५३ रनको अवस्थामा थियो । तर, छैटैँ ओभर लिएर आएका ललित सिंह भन्डारीले कसिलो बलिङ गर्दै जम्मा तीन बल खर्चिर्दै चौराहलाइ खेलमा फर्काए । अन्तिम ओभरमा रुपन्देहीलाइ जितका लागि १४ रन आवश्यक थियो ।

तर, योगेन्द्रसिंह कार्कीले एक विकेटसहित दश रन खर्चिए र चौराहले प्ले अफमा स्थान बनायो । रुपन्देही भने लिगका पाँचै खेलमा जितविहिन बन्यो । यस्तै, महेन्द्र नगर र सिवाइसी अत्तरिया बीचको शनिबारको पहिलो खेल भने वर्षाका कारण हुन सकेन् । जसका कारण दुवै टिमले एक एक अंक बाडेपछि महेन्द्रनगर चार खेलबाट पाँच अंक जोड्दै प्ले अफमा पुग्न सफल भयो ।

महेन्द्रनगरले लिगको अन्तिम खेलमा आइतबार काठमाडौं गोल्डेन्सको सामना गर्नेछ । यदि यो खेलमा जित हात पारे महेन्द्रनगर दोस्रो स्थान हात पार्दै क्वालिफायरमा पुग्नछे ।

तीन अंक जोडेको अत्तरियाको पनि प्ले अफ पुग्ने सम्भावना कायमै राखेको छ । आइतबार हुने विराटनगर किंस र अत्तरिया बीचको विजेता प्ले अफमा पुग्ने छ भने हार्ने टिम प्रतियोगिताबाट बाहिरिनेछ । अहिलेसम्म अपराजित रहको काठमाडौं टिम क्वालिफायरमा पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु