५ जेष्ठ २०८१, शनिबार

भूकम्पपीडितलाई थप १ लाख दिने भनेर देउवा सरकारले हल्ला मात्र गरेको खुलासा


deuwaa

१९ चैत, काठमाण्डौ । शेरबहादुर देउवा नेतृत्वको सरकारले भूकम्प पीडित र वाढीपीडितलाई थप १ लाख अनुदान दिने निर्णय गरेको भनेर झुट बोलेको खुलेको छ ।

गत १० माघको मन्त्रिपरिषद् बैठकले भूकम्पपीडितले पाउने अनुदान रकम ३ लाखवाट वढाएर ४ लाख पु¥याउने निर्णय भएको सार्वजनिक गरिएको थियो । यो खबर आजको नयाँ पत्रिका दैनिकमा जनार्दन बरालले लेखेका छन् ।

तर मन्त्रिपरिषद्को माइन्युटमा यो निर्णय उल्लेख छैन । मुख्य सचिव लोकदर्शन रेग्मीले पनि घुमाउरो भाषामा त्यस्तो निर्णय नभएको संकेत गरेका हुन् ।

मन्त्रिपरिषद्का सबै निर्णय सरकारको वेबसाइडमा राखिन्छन् । तर भूकम्पपीडितले पाउने अनुदान रकम ३ लाखबाट वढाएर ४ लाख पु¥याउने र वढीपीडितलाई थप १ लाख रुपैयाँ अनुदान दिने भनेर देउवा सरकारले गरेको हल्ला सरकारी वेबसाइडमा छैन ।

‘मन्त्रिपरिषद्का सबै निर्णय सरकारको वेबसाईडमार्फत सार्वजनिक गरिन्छ,’ मुख्यसचिव रेग्मीले भने, ‘भूकम्पपीडितका बारेमा निर्णय भएको हो भने त्यो पनि वेबसाइडमै हुन्छ, त्यहीँ हेर्नुस् । त्यहाँ छैन भने कुनै निर्णय भएको छैन भनेर बुझ्नुस् ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !