६ जेष्ठ २०८१, आइतबार

मदन भण्डारी गोल्डकपमा आयोजक सेमिफाइनल प्रवेश


फुटबल

१३ चैत, रूपन्देही । आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी काठमाडौं बुटवलमा जारी तेश्रो मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

रामनगरमा रहेको मानविज्ञान माध्यमीक विद्यालयको खेल मैदानमा भएको पहिलो क्वार्टर फाइनलमा विभागिय टोली नेपाल आर्मीलाई ३–१ ले स्तब्ध पार्दै आयोजकले सेमिफाइनलको यात्रा तय गरेको हो । आयोजकका लागि २ गोल म्याक्स र १ गोल एवाले गरेका थिए । आर्मीको लागि एक गोल विवेक बस्नेतले गरेका थिए ।

प्रतियोगिता अन्तर्गत अाज दोस्रो क्वार्टरफाइनल खेलमा विभागिय टिम एपिएफ र बुटवलको सुनौलो संगम क्लबकाबीच ३ बजे खेल हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !