६ जेष्ठ २०८१, आइतबार

गोर्खा ब्वाइज क्लब रुपन्देही कटारी मेयर गोल्डकप सेमीफाइनल प्रवेश


फुटबल

१२ चैत, उदयपुर । बनेपा ब्वाइज क्लब बनेपालाई ४ का विरुद्ध ६ गोल गर्दै गोर्खा ब्वाइज क्लब रुपन्देही कटारी मेयर गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ ।

गोल्डकपको दोस्रो दिन आइतबारको खेलमा समय अवधिमा दुई–दुई गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा गएको थियो । खेलको १६ मिनेटमै बनेपाका नाइजेरियन खेलाडी ग्लोरीले गोल गरी अग्रता लिएका थिए ।

पहिलो हफको इन्जुरी समयमा गोर्खाका नाइजेरियन खेलाडी फोफानाले गोल गर्दे बराबरी बनाए । ७७ आैँ मिनेटमा बनेपाका अर्का नाइजेरियन खेलाडी भिक्टरले गोल गर्दे पुन अग्रता लिएका थिए । फेरि लगतै गोर्खाका दीपक राईले गोल गरेपछि खेल टाइब्रेकरमा धकेलियो ।

टाइब्रेकरमा गोर्खाका लागि निरज बस्नेत, निशान लिम्बू, दीपक राई सुजित गुरुङले गोल गरे । रुपन्देहीका दीलिप क्षेत्री म्यान अफ द म्याच घोषित भए । उनले नगर ५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

अाजको खेल झापा ११ र सरस्वती क्लब काठमाडौंबीच प्रतिष्पर्धा हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !