१२ असार २०८१, बुधबार

भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाइएको प्रति गृह मन्त्रालयको आपत्ति


बालकृष्ण खाँण

काठमाडौं । गृह मन्त्रालयले भारतका प्रधानमन्त्रीको पुत्ला जलाएकामा आपत्ति जनाएको छ । मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी छिमेकी देशका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रतिष्ठामा आँच आउने गरी पुत्ला दहन गरेकामा गम्भीर ध्यानाकर्षण भएको भन्दै आपत्ति जनाएको हो ।

नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठनले शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको थियो । गृह मन्त्रालयले मित्रराष्ट्रहरु विरुद्ध लक्षित हुने गतिविधि नियन्त्रण गर्न र त्यस्ता गतिविधिमा संलग्नलाई कारबाही गरिने पनि जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यस्ता उच्छृङ्खल र निन्दनीय गतिविधिप्रति मन्त्रालय गम्भीर आपत्ति प्रकट गर्दछ । नेपाल सरकार सबै मित्रराष्ट्रहरुसँग पारस्परिक सम्बन्ध अझ प्रगाढ बनाउन चाहन्छ र नेपाली भूमिमा कुनै पनि राष्ट्रविरुद्धका गतिविधि हुन नदिने विषयमा कटिवद्ध छ । मित्रराष्ट्रहरुसँगको स्वाभिमान र सम्मानमा आँच आउने कुनै पनि क्रियाकलाप नगर्न सबैलाई आग्रह गरिन्छ

हेर्नुहोस् विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !