८ बैशाख २०८१, शनिबार

दाम्लोले बाँधेर युवालाई कुटपिट गर्ने वडाध्यक्ष पक्राउ


सुर्खेत । जाजरकोटको जुनिचाँदे गाउँपाका- २ का वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका छन् । दाम्लाले बाँधेर युवालाई कुटपिट गर्ने वडाध्यक्ष नेपालीले साउन १५ गते स्थानीय सर्पे दमाइलाई डोरीले बाँधेर कुटपिट गरेका थिए।

उनलाई बिहीबार जाजरकोट प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय पञ्चालाको टोलीले उनलाई घरबाटै नियन्त्रणमा लिएर सदरमुकाम खलंगा झिकाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका एक प्रहरीले जानकारी दिए ।

पीडितलाई पनि सदरमुकाम बोलाइएको छ । पीडितले अहिलेसम्म जाहेरी दिएका छैनन्। पीडितको बयान, घटनाको प्रकृति र भिडियोलाई आधार मानेर कानुनी कारबाही हुने प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !