५ जेष्ठ २०८१, शनिबार

मन्त्री पण्डितले भने, “प्लाष्टिकका झोला उत्पादन गर्ने उद्योग नै बन्द गर्छु”


२९ फागुन, काठमाण्डौ । जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले मन्त्रालय पुगेको नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठ नेतृत्वको टोलीसँग प्लाष्टिकका झोलाको उत्पादन गर्ने उद्योग बन्द गर्ने बताएका छन् ।

मन्त्री पण्डितले वातावरण प्रदूषण न्यूनिकरण गरी स्वच्छ राख्न प्लाष्टिकका झोलाको उद्योग नै बन्द गर्ने बताएका हुन् ।

वातावरणीय प्रदुषणलाई न्यून गर्न उच्च गुणस्तरीय डिजेललगायत पेट्रोलियम पदार्थ हुनपर्ने तथा सडक निर्माण उच्च गुणस्तरको हुनुपर्ने र २० वर्षभन्दा पुराना ठूला भाडाका तथा निजी पर्यटकीय तथा सरकारी गाडीहरु बिस्थापन गर्नुपर्ने बिषयमा छलफल भएको थियो ।

चेम्वरका अध्यक्ष श्रेष्ठले वातावरणीय समस्याहरुका कारण जनजीवनमा परेको प्रभाववारे चर्चा गर्दै धुँवा धुलोका कारण काठमाडौमा पैदल यात्रा गर्न समेत कठिनाइ भएको र सडक किनारामा रहेका व्यवसाय र व्यवसायीहरुको अवस्था दयसको दीर्घकालीन समस्या समाधान खोजिनु आवश्यक भएको उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !