८ बैशाख २०८१, शनिबार

शताब्दी पुरुष सत्यमोहन जोशी अस्पताल भर्ना, देखियो निमोनिया


सत्यमोहन जोशी

ललितपुर । तीन पटक मदन पुरस्कार पाएका वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीलाई छातीमा समस्या आएपछि ललितपुर इमाडोलस्थित किष्ट मेडिकल कलेजमा भर्ना गरिएको छ ।

१०२ वर्षका संस्कृतिविद् जोशीलाई छाती पोल्ने तथा दुख्ने समस्या आएपछि गत बुधबार अस्पताल भर्ना गरिएको थियो । उनलाई निमोनिया देखिएको अस्पताल प्रशासनले जनाएको छ । यद्यपी उनको कोरोना रिपोर्ट भने नेगेटिभ आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !