१२ आश्विन २०८१, शनिबार

नारायणी गण्डकी साधारण तथा संस्कृत विधालयको भवन शिलान्यास


silaanyas

११ माघ, नवलपुर । विनयी – त्रिवेणी गाउपालिका- ६ त्रिवेणी स्थित श्री नारायणी गण्डकी साधारण तथा सास्कृत विधालयको ४ कोठे भवन बुधवार शिलान्यास गरिएको छ । उक्त भवनको नवलपुरका प्रमुख जिल्ला शिक्षा अधिकारी श्री खड्का बहादुर कमालले धार्मिक रितीरिवाज अनुसार पुजा गरि शिलान्यास गरेका हुन् ।

विधालय व्यवस्थापन समितीको अध्यक्ष पितम गुरुङको सभापतित्वमा सम्पन्न शिलान्यास कार्यक्रममा बोल्दै कमालले विधालय प्रशासनले भौतिक सुविधाको व्यवस्थापन गर्दै गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताए । अभिभावक संघका अध्यक्ष प्रो पब्लिकका हर्षेन्द्र बहादुर कार्की, सहायक जिल्ला शिक्षा अधिकारी चेतनथील मल्साल तथा स्थानीय राजनितीकदलहरुको उपस्थिती रहेको उक्त कार्यक्रम विधालयका प्रधानाध्यापक दिनेश पाण्डेले संचालन गरेको थिए । शिलान्यास रामकेममा स्वस्ति वाचन र वास्तुपुजा भने भूतपूर्व शिक्षक चक्धर तिवारीले गरेका थिए ।

जिल्ला शिक्षा कार्यालय नवलपुरको ३६ लाखको सहयोगमा चार कोठे भवनको निर्माण सम्पन्न गरीने विधालय व्यवस्थापन समितिले जानकारी गरायो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !