![विद्यादेवी भण्डारी](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/vidhyadevi.jpg?fit=769%2C470&ssl=1)
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले आयोगको आर्थिक वर्ष २०७६। ०७७ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।
नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रपति भवन, शीतल निवासमा आज सो प्रतिवेदन पेश गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।