१३ आश्विन २०८१, आइतबार

नारामा मात्र सिंहदरबार गाउँ पुग्यो


singhadarbar

३ माघ, जाजरकाेट । स्थानीय तहको निर्वाचनमा ‘गाउँमै सिंहदरबार अाइपुग्छ’ भन्ने उत्साहका साथ मतदान गरेका सर्वसाधारण यतिबेला सानो कामका लागि पनि सदरमुकाम धाउनु परेपछि हैरानी खेप्न बाध्य छन् । गाउँगाउँमा सिंहदरबार सुनेका जनता यतिबेला सानो कामका लागि पनि सदरमुकाम खलंगामा आउनु पर्दा स्थानीय सरकारको कुनै अनुभूति गर्न नपाएको गुनासो गर्न थालेका छन् ।

सदरमुकाम खलंगा बाहेक कुनै पनि स्थानीय तहमा बैंकिङ सेवा नहुँदा जनताले पुरानै सास्ती खेप्नु परेको सरोकारवालाको भनाइ छ । स्थानीय सरकार स्वायत्त र अधिकार सम्पन्न हुने र जनताका सबै काम गाउँवाटै हुने भनिए पनि मुख्य रूपमा बैंकिङ सेवा, नागरिकता, मालपोतको नापी र अन्य महत्वपूर्ण कामका लागि स्थानीयलाई सदरमुकाममा आउनैपर्ने बाध्यता छ ।

‘नारामा मात्र सिंहदरबार गाउँ पुग्यो । हामीलाइ भने सिंहदरबार खोज्न सदरमुकाममै आउनुपर्ने भयो,’ जुनीचाँदे गाउँपालिका वडा नम्बर २ का धनबहादुर खड्काले भने, मुख्य काम गर्न खलंगा नआई नहुने भएपछि परिवर्तन आयो भन्ने झूट भएको भएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !