१२ बैशाख २०८१, बुधबार

अमरगढी बहुप्राविधिक शिक्षालय उद्घाटन


डडेल्धुरा । अमरगढी नगरपालिकाले अमरगढी बहुप्राविधिक शिक्षालयको शाखा कार्यालय स्थापना गरिएको छ । चालु शैक्षिक सत्रदेखि स्वास्थ्य शिक्षा डिप्लोमा तहका शैक्षिक कार्यक्रम पठनपाठन गराउने गरी कार्यालय खोलिएको अमरगढी नगरपालिकाले जनाएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट स्वीकृत भई नेपाल सरकारबाट सम्बद्र्धन प्राप्त गरी बहुप्रविधिक धारका विषय पढाइ गरिने भएको छ ।

अमरगढी नगरपालिका डडेल्धुराद्वारा सञ्चालित अमरगढी बहुप्राविधिक शिक्षालयले अमरगढी नगरपालिका–५ मा सम्र्पक कार्यालय स्थापना गरेको नगर प्रमुख विशेश्वरप्रसाद ओझाले बताउनुभयो । उहाँले भन्नुभयो, “आज शिक्षालयको सम्र्पक कार्यालयको उद्घाटन गरी विधिवत् रुपमा कार्यालयले कामकाज शुरु गरेको छ ।” डडेल्धुरा अस्पतालको प्राविधिक सहयोग र अमरगढी नगरपालिकाले सञ्चालन गर्न थालेको स्वास्थ्य शिक्षातर्फ डिप्लोमा तहका सात वटा कार्यक्रम चालू शैक्षिक सत्रबाट नै सञ्चालन गर्न पाउने गरी अनुमति पाएको छ । चालू शैक्षिक सत्रदेखि नै डिप्लोमा तहका कार्यक्रम पठनपाठन गराउने गरी अमरगढी नगरपालिकाले काम अगाडि बढाएको छ ।

स्वास्थ्य शिक्षातर्फ डिप्लोमा तहका स्टाफ नर्स, ल्याब टेक्निसियन, फार्मेसी, डेण्टल, सामान्य चिकित्सा, डायलासिस रेडियोलोजीलगायत विषयमा ४०/४० जना विद्यार्थी अध्यापन गर्न पाउने गरी अनुमति पाएको हो । अमरगढीले सरकारी आङ्गिक प्राविधिक क्याम्पसका रुपमा अनुमति पाएकोले गरिब जेहेन्दार र आर्थिक विपन्न विद्यार्थीलाई कम शुल्कमा प्राविधिक शिक्षा अध्ययन गराउने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !