७ बैशाख २०८१, शुक्रबार

नन्दादेवी खनाल ललितकला लाइफ टाइम एचिभमेन्ट मुल्मीलाई


अवार्ड

अरुपण आर्ट ग्यालरीले नन्दादेवी खनाल ललितकला स्मृति अवार्ड र ललितकला पुरस्कार घोषणा गरेको छ । पुरस्कार छनोट समितिले बुधबार घोषणा गरेअनुसार यस वर्ष लाइफ टाइम एचिभमेन्ट अवार्ड अग्रज कलाकार प्रा राधेश्याम मुल्मीलाई प्रदान गरिने छ ।

त्यस्तै क्रियटिभ आर्टिष्ट अवार्डबाट रोशन प्रधान, एक्टिभ आर्ट अर्गनाइजेसन अवार्डबाट अन्तरराष्ट्रिय जलरङ समाज नेपाल, मोष्ट एप्रिसिएटेड आर्टिष्ट अवार्डबाट डिराम पाल्पाली, इमर्जिङ आर्टिष्ट अवार्डबाट सौगात आचार्य, ट्रेडिशनल आर्टिष्ट अवार्डबाट परम्परागत चित्रकार राजप्रकाश तुलाधर र आर्ट मिडिया स्पेशल अवार्डबाट दीपक श्रेष्ठलाई सम्मान गरिने समितिले जनाएको छ ।

यस्तै विसं २०७४ मा स्थापित नगद पुरस्कारसहितको ललितकला पुरस्कार नवकलाकार राजकी अर्याललाई प्रदान गरिने जनाइएको छ । उक्त पुरकार तथा अवार्ड छनोटका लागि ललितकला पत्रकार समाजका अध्यक्ष केशवराज खनालका संयोजकत्वमा समिति गठन गरिएको थियो । यही मङ्सिर २६ गते ती पुरस्कार तथा अवार्ड वितरण गरिने ग्यालरीका निर्देशक रमेशनाथ खनालले जानकारी दिनुभययो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !