३० कार्तिक २०८१, शुक्रबार

काभ्रेको पात्लेखेतमा प्रहरी र स्थानीय बीच झडप हुदाँ ६ सेल अश्रुग्यास प्रहार


jhadak

१८ पुस, धुलिखेल। काभ्रेको धुलिखेल नगरपालिका पात्लेखेतमा वीपी राजमार्गअन्तर्गत स्थानीयबासीले अवरुद्ध पारेको सडक प्रहरीले बल प्रयोग गरेर खुलाएको छ। प्रहरीलाई ६ सेल अश्रुग्यास सडक खुलाउन प्रयोग गर्नुपरेको थियो।

नमोबुद्ध नगरपालिका १ की फुलमाया तामाङको आइतबार बा ३ ख ५९५५ नम्बरको बसबाट खसेर मृत्यु भएपछि उनका आफन्त र स्थानीयबासीले मंगलबार विहानदेखि सडक अवरुद्ध पारेका थिए।

प्रहरी र स्थानीयबीच केहि समय सडक खुलाउने क्रममा झडप समेत भएको थियो। स्थिति नियन्त्रणमा लिन ६ सेल अश्रुग्यास प्रयोग गर्नु परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख सहकुल बहादुर थापाले जानकारी दिए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !