१६ जेष्ठ २०८१, बुधबार

सांसद सिंहद्वारा नदीहरूको स्थलगत अवलोकन निरीक्षण


शेखर सिंह lqo’uf gbLsf] :ynut cjnf]sg ;Kt/L, !@ ebf} M ;Kt/Lsf] ;Ktsf]zLl:yt lqo’uf gbLsf] :ynut cjnf]sg ub}{ /fli6«o;ef ;b:o Pj+ /fli6«o ;/f]sf/ ;dGjo ;ldltsf ;b:o z]v/ l;+x;lxtsf] 6f]nL . tl:a/ M gfgLd}of s6jfn÷/f;;

सप्तरी, १२ भदौ । राष्ट्रियसभा सदस्य एवं राष्ट्रिय सरोकार समन्वय समितिका सदस्य शेखर सिंहले नदी नियन्त्रण तथा खेतीपातीका लागि सिँचाइको पूर्ण व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सप्तरीका विभिन्न नदीहरुको स्थलगत अवलोकन निरीक्षण पश्चात् सिंहले बर्सेनि बाढीजन्य प्रकोपका कारण भोग्दै आएको सप्तरीबासीको पीडालाई सम्बोधन गर्न पहल गर्ने बताउनुभएको हो ।

स्थलगत अवलोकन टोलीलाई सप्तकोशी नगरपालिकाका प्रमुख उत्तम शर्मा र वडाध्यक्षहरुले नदीका कारण उत्पन्न समस्याका बारेमा जानकारी गराउनुभयो । कमजोर तथा कम उचाइको बाँधको कारण त्रियुगा नदीको बाढीले सप्तकोशी नगरपालिकाको फत्तेपुर, बोचहीलगायतका पाँचभन्दा बढी वडाका बासिन्दालाई डुबाउने गरेको नगरप्रमुख शर्माले जानकारी दिनुभयो ।

सो क्रममा राष्ट्रियसभा सदस्य सिंहले कोशी क्षेत्रको जनताको पीडालाई आफूले संसद्मा उठाउँदै आएको र अझ बलियो ढङ्गले प्रस्तुत गरी सम्बोधन गराउन स्थलगत अवलोकन निरीक्षण अभियान सञ्चालन गरेको बताउनुभयो ।

सप्तकोशी नदीका कारण उत्पन्न समस्याको समयमै भारत सरकारबाट सम्बोधन हुनुपर्ने जिकिर गर्दै सांसद सिंहले भारतको कुनौलीदेखि उदयपुरको बेलका नगरपालिकासम्मको कोशीको पश्चिमी तटबन्धलाई बलियो बनाउनुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।

सप्तरीको खाँडो, जिता, बलान, महुली, मुतनी, त्रियुगा, मयुरनी, बन्द्राहा, अमहा, गङ्गाजलीलगायतका दर्जनौँ खोलाले बर्सेनि बाढी तथा कटान गर्दै आएको छ । कोशी नदीका कारण पनि सप्तकोशी, कञ्चनरुप, हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिका प्रभावित बन्दै आएका छन् । हनुमाननगर कङ्कालिनी नगरपालिका, तिरहुत गाउँपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका बासिन्दालाई महुली खोलाले पनि प्रभावित बनाउँदै आएको छ । महुली खोलाले कटान गरेको क्षेत्रको समेत सांसद सिंहको टोलीले अवलोकन गरेको छ ।

अवलोकन निरीक्षण टोलीले सप्तकोशी नगरप्रमुख शर्मा, कञ्चनरुप नगरप्रमुख वसन्तकुमार मिश्र, तिरहुत गाउँपालिकाका अध्यक्ष मनोज बहडखेरसँग बाढीजन्य प्रकोप र त्यसबाट हुने गरेको क्षतिलगायतको बारेमा छलफल गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !