७ असार २०८१, शुक्रबार

युथ भिजन अर्गनाइजेसन, त्रिवेणी नामक संस्थाको बार्षिक साधारण सभा सम्पन्न


Youth Vision Organization, Tribeni

मंसीर १२,  नवलपरासी । प्राय: विभिन्न राजनैतिक दलको झन्डामुनि अलग-अलग समुहमा देखिने युवाहरूलाई हिजो भने एउटै राष्ट्रिय झन्डामुनि एकत्रित भएर युथ भिजन अर्गनाइजेसन, त्रिवेणीले आफ्नो एक बर्ष पूरा गरेको अवसरमा भेला भएका थिए ।

कार्यक्रमका सभापति टेक नारायण भुसालले केक काटेर बिधिवत रुपमा समुद्घाटन गरिएको उक्त कार्यक्रममा नवलपरासी जिल्लाको बिनयी त्रिवेणी वडा न. ७ का प्रमुख गोपाल बहादुर क्षेत्रीलाई मुख्य अतिथीको रूपमा निम्त्याएको थियो भने कार्यक्रममा विशेष अतिथिको रूपमा भने वडा न ६ का प्रमुखलाई निम्ताइएको थियो ।

त्रिवेणीमा कृयाशिल सामाजिक संघ संस्थाका अगुवा र प्रतिनिधिहरुले आ-आफ्नो शुभकामना मन्तव्यद्वारा युथ भिजन संस्थाले समाजमा पुर्याएको योगदानको मुक्त कण्ठले प्रसंशा गरे । शुभकामना मन्त्वय व्यक्त गर्नु हुनेमा समाजसेवी नारायण प्रसाद श्रेष्ठ, उपप्रध्यापक हरिप्रसाद देवकोटा थिए । देवकोटाले युवा देशलाई हाक्ने खालको हुनुपर्छ भनेर आफ्नो धारणा राखे।

हामी युवाहरूलाई सधैं भत्काउन मात्रै प्रयोग गरियो बनाउन कहिले पनि प्रयोग गरिएन भन्दै स्वागत मन्त्व्यका क्रममा कोषाध्यक्ष राम राना मगरले राज्यसंग दुखेसो पोखेका थिए । संस्थाको सामाजिक तथा आर्थिक बार्षिक प्रतिवेदन संस्थाका सचीव निरज श्रेष्ठले प्रस्तुत गरेका थिए भने उक्त कार्यक्रम स्थानीय कलाकार टिप्स तिवारीले संचालन गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !