३ जेष्ठ २०८१, बिहिबार

दशगजामा अलपत्र परेकालाई उद्धार गर्दै सुरक्षा निकाय


भीमदत्तनगर, ८ जेठ । नेपाल–भारत दशगजा क्षेत्रमा भारतका विभिन्न स्थानबाट आइ अलपत्र परेका नेपालीहरुको उद्धारमा सुरक्षा निकाय खटिएका छन् ।

ती दुई सुरक्षा निकायले रातिको समयमा पनि स्थानीय तहसितको समन्वयमा सेवा गरिराखेका छन् ।

पछिल्लो समय कञ्चनपुरको माहाकाली नगरपालिकाबाट भारतका विभिन्न क्षेत्रबाट आएका नेपालीहरु अवैध रुपमा नेपाल प्रदेश गर्ने क्रम बढिरहेको छ ।

“बितेको एक हप्तामा करिब पाँच÷६ सयको हाराहारीमा नेपालीहरुलाई यहाँ ल्याएर स्वास्थ्य जाँच र क्वारेन्टिन राख्ने काम भयो ।” कोभिड–१९ कञ्चनपुरका सम्र्पक व्यक्ति सिद्धराज भट्टले भन्नुभयो–“आज मात्रै डेढ सय जना जतिको ¥यापिट टेष्ट हुदैछ ।”

उहाँले दोधारा चादँनी सीमा क्षेत्रमै पुगेर पीसीआर जाँचका लागि ९५ जनाको स्वाब लिइएको जानकारी दिनुभयो ।

“स्वाब लिएर धनगढी परीक्षणका लागि पठाउने काम हुदैछ ।” उहाँले भन्नुभयो–“३६ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।”

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्र पौडेलले दोधारा चादँनीको सीमा क्षेत्रबाट २७८ जना नेपालीहरुको उद्धार गरी भीमदत्तनगरस्थित बैजनाथ स्कूलको क्वारेन्टिनमा राखिएको जानकारी दिनुभयो ।

“सीमामा फेरी एक सय जना भन्दा बढी जम्मा भइसकेको खबर आएको छ ।” उहाँले भन्नुभयो–“कोरोना परीक्षण गरेर सम्वन्धीत पालिका पठाउने काम हुन्छ ।”

यसअघि पनि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सीमावर्ती भारतीय बजारको क्वारेन्टिनका ४५ दिन बसेका २४२ जना नेपाली नागरिकहरुलाई उद्धार गरी ल्याएको थियो । उनीहरुलाई ¥यापिट टेष्ट गरेर नेगेटिभ आएपछि सम्वन्धीत गाउँपालिका पठाइएको थियो ।

दशगजामा अलपत्र यात्रुहरुलाई केही दिनयता माहाकाली नगरपालिकाले आवश्यक व्यवस्था गर्दै आएको छ ।

त्यसैगरी भीमदत्तनगरपालिकाले भारतबाट आउने नागरिकहरुलाई क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउन यहाँका स्कूलहरुमा त्यसको प्रवन्ध मिलाइरहेको जनाएको छ ।

भीमदत्तनगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले दशगजाभित्र आइसकेकाहरुलाई उद्धार गरी क्वारेन्टिनमा राख्ने विषयमा आफूहरु पहल गरिरहेको जानकारी दिनुभयो ।

“दशगजामै नागरिकहरु अलपत्र परेर भोकै बस्ने स्थिती आउन थालेपछि हामीले त्यहाँबाट क्रमिक रुपमा उद्धार गरी स्वास्थ्य परीक्षणपछि सम्वन्धीत पालिका पठाउने कुरामा समन्वय गरिरहेका छौं ।” उहाँले भन्नुभयो–“पछिल्लो समय दोधारा चादँनीदेखि ब्रह्मदेव क्षेत्रबाट आउने क्रम रोकिएको छैन ।”
भीमदत्तनगरपालिकाले नगरपालिकाका १९ वटै वडाका सामुदायिक विद्यालयमा क्वारेन्टिन बनाउन गृहकार्य समेत गरिरहेको उहाँले बताउनुभयो ।

“दशगजाबाट ल्याएर परीक्षण नहुँदासम्मका लागि क्वारेन्टिनमा राख्ने प्रवन्ध मिलाएका छौं ।” उहाँले भन्नुभयो–“भीमदत्तनगरपालिकाका बाहिरबाट आएका नागरिकहरुले पुर्ण रुपमा क्वारेन्टिन बस्नुपर्ने हुन्छ ।”

उहाँले क्वारेन्टिन व्यवस्थापन र खानपिनको व्यवस्थाका लागि नगरपालिका र वडा कार्यालयले आर्थिक व्यवस्थापन गरिरहेको बताउनुभयो ।

“समस्या परेमा प्रदेश र संघ सरकारसित पनि गुहार माग्छौं ।” उहाँले भन्नुभयो–“अलपत्र नागरिकलाई सम्वन्धीत पालिकाले आ–आफ्नै क्षेत्रको क्वारेन्टिनमा राख्नु नै उत्तम विकल्प हुनेछ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !