२९ कार्तिक २०८१, बिहीबार

सिंहदरबारबाटै माथिल्लो त्रिशूली थ्री-एको उदघाटन


२ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारभित्र रहेको ‘वार रुम’बाट स्वीच थिचेर ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री-ए जलविद्युत् आयोजना उदघाटन गरेका छन् ।

रसुवा र नुवाकोटमा निर्माण भएको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजनाको उदघाटन प्रधानमन्त्री ओलीले सिंहदरबारबाट र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले आयोजनास्थल नुवाकोटको किस्पाङ गाउँपालिका-५ सिम्लेबाट एकसाथ गरे ।

यो आयोजनाले दिनमा १४ लाख ४० हजार युनिट बिजुली उत्पादन गर्न सक्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !