२३ मंसिर २०८१, आइतबार

काठमाडौँ विश्वकै छैटौँ प्रदूषित सहर बन्यो


मौसम

काठमाडौँ । नेपालको राजधानी काठमाडौँविश्वकै छैटौँ प्रदूषित सहर बनेको छ । दिनप्रतिदिन वायु प्रदूषणको स्तर खराब बन्दै गएको काठमाडौँ आज बिहीबार बिहान विश्वकै छैटौँ प्रदूषित सहर बनेको हो ।

आईक्यू एअरका अनुसार आज बिहान साढे ९ बजेको मापनअनुसार काठमाडौँको प्रदूषण १ सय ७० एक्यूआई रहेको छ । आईक्यू एयरको हावाको यो गुणस्तरलाई अस्वस्थ मानिन्छ ।

विज्ञका अनुसार यो सूचकांक १०० देखि माथि पुग्नु मानव स्वास्थ्यका लागि हानिकारक मानिने हुनाले यस्तो वायुमा धेरै समय बसे स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्छ ।

एक्यूआई ७०८ रहेको पाकिस्तानको लाहोर विश्वकै प्रदूषित सहरको शीर्ष स्थानमा कायम रहेको छ । यो निकै खतरनाक मानिन्छ । यस्तै एक्यूआई ४२४ मापन गरिएको भारतको नयाँ दिल्ली दोस्रो स्थानमा रहेको छ । साथै तेस्रो स्थानमा भियतनामको हानोई रहेको छ भने चौथो र पाँचौँ स्थानमा भारतको कोलकाता र बंगलादेशको ढाका सहर रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !