१८ बैशाख २०८१, मंगलबार

सत्यनिरुपण र बेपत्ता व्यक्ति छानबिन आयोग : अध्यक्ष नपाउँदा अलपत्र


१० कात्तिक, काठमाडौं । मुलुकमा सशस्त्र द्वन्द्वका बेला भएका गम्भीर मानवअधिकार उलंघनका घटनाको सत्यतथ्य पत्ता लगाउन बनाइएका दुई आयोग सात महिनादेखि अलपत्र छन् । सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न बनेको समितिले अध्यक्षका उम्मेदवार नभेट्दा आयोगहरू अलपत्र परेका हुन् । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा आठ महिनाअघि गठित सिफारिस समितिले अध्यक्षका लागि उपयुक्त उम्मेदवार नभेटेको जनाएको छ । तर, गाँठी कुरा ठूला पार्टीबीच सहमति हुन नसक्दा समितिले अध्यक्षलगायत पदाधिकारी सिफारिस गर्न नसकेको स्रोतको दाबी छ ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच दुई आयोगमा अध्यक्ष कसलाई बनाउने भन्नेमा अझै एकमत हुन सकेको छैन । राजनीतिक दाउपेच बनेको संक्रमणकालीन न्यायका लागि नेताहरूले सकारात्मक संकेत नदिँदा सिफारिस समिति नै अलमलमा परेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !