४ जेष्ठ २०८१, शुक्रबार

पत्रकार रवि लामिछाने राजनीतिमा आउने संकेत


१० भदौ, चितवन । ५ लाख धरौटीमा रिहा भएका रवि लामिछानेले मंगलबार बिहान चितवनमा आयोजित पत्रकार सम्मेलनमा राजनीतिमा आउने संकेत गरेका छन् ।

गत ३० गते न्युज २४ को कार्यालयवाटै पक्राउ परेपछिका दिनहरुमा निरन्तर रविको रिहाइको माग गर्दै आन्दोलनमा उत्रिका समर्थनकर्ताहरुलाई धन्यवाद ज्ञापन पत्रकार सम्मेलनमा बोल्दै लामिछानेले आफ्नो प्राथमिकता पत्रकारीता नै भएको बताउँदै राजनीतिको विकल्प पनि खुला रहेको बताए ।

राजनीतिमा आउने सम्भावनाबारे सोधिएका प्रश्नको उत्तर दिँदै उनले भने, ‘सम्भावनाको ढोकामा चुकुलमात्र लागेको छ, ताल्चा लागेको छैन ।’

लामिछानेले सञ्चारकर्मबाटै राजनीतिक दल र तिनका नेताहरुलाई जिम्मेवार बनाउनु आफ्नो पहिलो प्राथमिकता हुने बताए । केही लागेन भने राजनीति विकल्प बन्न सक्ने उनले बताए ।

‘बेथिति र बिसंगतिलाई पर्दाफास गर्ने क्षमता होस् किन गर्नुपर्छ राजनीति ? तर हुन सकेन, जति गर्दा पनि केही लागेन भने त्यो विकल्प नै होइन, त्यसको बाटो नै छैन भनेरचाहिँ म भन्दिनँ,’ उनले भने, ‘तर अहिले यतिखेरचाहिँ अझ बढी जिम्मेवार भएर खबरदारीमा नै आफूलाई व्यस्त बनाउन चाहान्छौं ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !