९ जेष्ठ २०८१, बुधबार

घर त माटोमा मिलिसकेछ…


३ साउन, काठमाडौं । सधैँजस्तै यसवर्ष पनि असार निख्रिनै लाग्दा सुरु भएको मनसुन र त्यसपछि आएको बाढी–पहिरोका कारण ९० जनाभन्दा बढीको ज्यान गयो । २९ जनाभन्दा बढी वेपत्ता र ४१ जनाभन्दा बढी घाइते भए । सयौँलाई घरबारबिहीन बनायो यो विपत्तले । यही विपत्तिको चपेटामा परे काभ्रे जिल्ला धुलिखेल नगरपालिका वडा.नं ११ स्थित पातलेखेत निवासी सविन धिताल पनि ।

यही साउने संक्रान्ति याने १ गते साउनको दिनको कुरो हो । सविन दिनभरि आफ्नै पसलमा व्यस्त थिए । घर फर्कदा अबिरल बर्षा भैरहेको थियो । त्यही दिन बुधबार राति ४ बजेर २० मिनेट जाँदा निद्रामै घर घुमेजस्तो लाग्यो उनलाई । बाहिर निस्केर हेर्दा त तल्लो तलाको उत्तरतर्फको फलामको पोल दोब्रिसकेको रहेछ ।
सविनले बेलीविस्तार लगाउँदै भने– हतार–हतार भित्र छिरेर श्रीमती र बच्चाहरू लिएर भाग्यौँ । उनीहरूलाई छिमेकीको घर राखी दाजुलाई लिएर पसल जाँदा त गरगहना, नगद, मोबाइलसहित घर माटोमा मिलिसकेको रहेछ ।’ यो समाचार आजको नेपाल समाचारपत्रमा
भगवती तिमल्सिनाले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !