४ आश्विन २०८१, शुक्रबार

बृद्धभत्ता एक हजार बढ्यो, अब ३ हजार पाइने


Briddha Bhatta

१५ जेठ, काठमाडौं । आर्थिक वर्ष ०७६/०७७ को बजेटमार्फत सरकारले बृद्धभत्ता बढाएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संयुक्त संसदमा प्रस्तुत गरेको बजेटमा हाल दिइँदै आएको भत्तामा एक हजार रकमबढाइएको हो ।

वृद्धभत्ता एक हजार बढेसँगै अब यो वापतको भत्ता अब तीन हजार पुगेको छ । १३ लाख जेष्ठ नागरिकलाई लाभ हुने गरि सरकारले बृद्ध भत्तालाई २ हजारबाट ३ हजार बनाएको हो ।

यस्तै सरकारले सामाजिक सुरक्षा भत्ता पनि एक हजारले नै बढाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !