४ आश्विन २०८१, शुक्रबार

एभिन्युज टेलिभिजनको वीरगञ्ज कार्यालयमा तोडफोड


काठमाडाैँ, ३० बैशाख । सोमबार दिउँसो एभिन्युज टेलिभिजनको वीरगञ्जस्थित कार्यालयमा तोडफोड भएको छ । कार्यालयमा कर्मचारीहरू काम गरिरहेको बेला मुखमा कालो कपडा बाँधेर आएका केही मानिसले तोडफोड गरेर गएका टेलिभिजनले जनाएको छ ।

उनीहरुले सिसा फुटाए अफिसको ब्यानर पनि च्यातिदिएको एभिन्युजकी वीरगञ्जस्थित पत्रकार मुस्कान श्रेष्ठले बताइन् । उनीहरू को हुन् र किन आएर तोडफोड गरे केही नभनेको उनले बताइन् ।

उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग एभिन्युज टेलिभिजनले लिएको अन्तर्वार्तामा आइतबार राति प्रसारण भएको थियो । अन्तर्वार्तामा प्रस्तोतासँग भनाभन भएपछि यादव बीचैमा कार्यक्रम छोडेर बाहिर निस्केका थिए ।

सामाजिक सञ्जालमा उक्त भिडिओ भाइरल भएपछि समाजवादी पार्टीका कार्यकर्ताले त्यसैको आक्रोशमा वीरगञ्ज कार्यालय तोडफोड गरेको एभिन्युज टेलिभिजनले दाबी गरेको छ ।

अहिले प्रहरी घटनास्थलमा पुगेर घटनाबारे अनुसन्धान गरिरहेको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !