२३ पुस २०८१, मंगलबार

कञ्चनपुरमा फेरि लाग्यो कर्फ्यु


Karfu

१० भदौ, कञ्चनपुर ।  भीमदत्त नगरपालिकाको ४, ६ र १८ वडामा फेरि कर्फ्यु लागेको छ । बिहान ५ बजेदेखि १० बजेसम्म हटाइएको कर्फ्यु फेरि लगाइएको हो ।

३३ घण्टापछि कफ्र्यू खुल्दा बजारमा किनमेल गर्नेको चहलपहल बढेको थियो । बजारमा निस्किएकाले नुनदेखि रक्षाबन्धनमा आवश्यक पर्ने रंगिचंगी धागो किनेका छन् । बसपार्कमै बस्न बाध्य भएहरु पनि गन्तव्यतिर लागेका छन् ।

१० बजेपछि फेरि लगाइएको कर्फ्यु कहिलेसम्म हो भन्ने खुलाइएको छैन । अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

१३ वर्षकी निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेलाई कारबाही माग गर्दै कन्चनपुरमा प्रदर्शन हुँदै आएको छ । प्रदर्शनमा प्रहरीको गोली लागेर १४ वर्षका सन्नी खुनाको ज्यान गएपछि स्थानीय प्रशासनले शुक्रबार बेलुका ८ बजेदेखि कर्फ्यु लगाएको हो ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले रक्षाबन्धनलाई लक्षित गरी बिहान ५ बजेबाट १० बजेसम्मका लागि कर्फ्यु आदेश हटाएको हो । ५ घण्टाका लागि कर्फ्यु आदेश हटाइएपछि आवश्यक सामग्री किन्न स्थानीय घरबाहिर निस्किएका हुन् ।

प्रशासनले अर्को आदेश नभएसम्मका लागि कर्फ्यु निरन्तर हुने जनाएको छ । कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टले स्थिति सामान्य बन्दै गए कर्फ्यु हटाइने बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !