१ मंसिर २०८१, शनिबार

वार्तामा आउन आग्रह


पद्माकुमारी अर्याल

६ भदौ, ललितपुर । भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्यालले साझा प्रकाशनमा धर्ना गरिरहेका पूर्वकर्मचारीलाई वार्तामा आउन आग्रह गर्नुभएको छ ।

पुल्चोकस्थित प्रकाशनमा आज पुग्नुभएका मन्त्री अर्यालले प्रकाशनमा चाँडो उपदानको माग गर्दै धर्ना गरिरहेका पूर्वकर्मचारीले वार्ताका माध्यमबाट समाधान खोज्न भन्नुभएको हो ।

उहाँले भन्नुभयो, “ठूला द्वन्द्व त वार्ताबाट समाधान निस्किन्छ भने यहाँ पनि वार्ताबाट नै समस्याको समाधान हुनेछ ।” मन्त्री अर्यालले साझा प्रकाशन लामो इतिहास बोकेको जीवन्त संस्था भएको बताउनुभयो ।

साझाका महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले व्यवस्थापन वार्ताबाट समाधान खोज्न लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले नियमित बैठक गरेर समाधान खोजिरहेका छौँ ।” साझाका पूर्वकर्मचारी चन्द्र योङयाले सरकारले जुनसुकैरुपमा भए पनि आफूहरुले पाउनुपर्ने उपदानका रकम उपलब्ध गराउनुपर्ने बताउनुभयो । एक सय २७ जना पूर्वकर्मचारीलाई साझाले झण्डै रु १७ करोड उपदानबापत दिनुपर्नेछ । उनीहरु एक महिनादेखि धर्ना गरिरहेका छन् । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !