६ आश्विन २०८१, आइतबार

मुख्यमन्त्रीसँग राससको कार्ययोजनासहितको प्रस्ताव


Prithvi Subba Gurung-RSS

२७ साउन, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसमक्ष राष्ट्रिय समाचार समितिका अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ ले राससको प्रादेशिक संरचना, सेवा विस्तारलगायत विषय समेटिएका भावी कार्ययोजना प्रस्तुत गर्नुभएको छ ।

मुख्यमन्त्रीको सरकारी निवासमा आज भएको भेटमा अध्यक्ष श्यामलले प्रदेश सरकार र राससबीच समन्वय आवश्यक भएको बताउनुभयो । उहाँले सरकारका नीति, कार्यक्रम र विकास निर्माणका गतिविधिलाई राससले सम्पे्रषण गर्दै आएको र यसलाई आगामी दिनमा अझै प्रभावकारी बनाइने छ भन्नुभयो ।

सङ्घीयतालाई बलियो बनाउन प्रदेश सरकार बलियो हुनु आवश्यक भएको बताउँदै अध्यक्ष श्यामलले त्यसका लागि राससका तर्फबाट सक्दो सहयोग पु¥याइने विश्वास व्यक्त गर्नुभयो । राससले स्थानीय भाषामा पनि समाचार सम्प्रेषण गर्ने सोच बनाएको जानकारी दिँदै उहाँले राज्यलाई बलियो बनाउन समाचार समितिको पनि महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।

मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले आगामी दिनमा सञ्चारलगायत क्षेत्रमा समन्वय गर्दै स्पष्ट कार्यनीतिसाथ अघि बढ्ने बताउनुभयो । कर्मचारी व्यवस्थापनका साथै साधनस्रोतको बाँडफाँटलगायत विषय निष्कर्षमा पुगी कार्यान्वयनमा आएपछि सरकारका काम सहज हुने उहाँको भनाइ थियो ।  (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !