५ जेष्ठ २०८१, शनिबार

तपाईंको नोटमा लेख्ने बानी छ ? छ भने होसियार, अब अप्ठेरो पर्न सक्छ


२७ साउन, काठमाडौं । तपाईँको गोजीमा वा अरु ठाउँमा नोट छ? निकालेर हेरिहाल्नुस्- त्यसमा लेखेको वा केरेको त छैन? छ भने भदौ १ गतेअघि नै त्यसलाई ठेगानमा लगाइइल्नुस् है। नत्र अप्ठेरो पर्न सक्छ।

भदौ १ गतेदेखि नेपालमा नयाँ मुलुकी ऐन लागू हुँदैछ। सोही ऐनको मुद्रा सम्बन्धी कसुरमा बैँक नोट वा सिक्का जलाए, गाले वा च्याते सजाय हुने व्यवस्था छ। त्यसैगरी बैँक नोटमा लेखेमा वा कोरेमा तीन महिना कैद वा पाँच हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ।

नेपाल राष्ट्र बैँकले बुधबार दुई वटा सूचना निकालेको छ- एउटा सर्वसाधारणका लागि र एउटा बैँक तथा वित्तीय संस्थाका लागि। सर्वसाधारणका लागि सूचनामा यस्तो व्यवस्था भएको छ है भनी जानकारी दिइएको छ। हेर्नुस् सूचना-

nrb notice1

त्यसैगरी बैँक तथा वित्तीय संस्थाका लागि जारी सूचना यस्तो छ-

nrb notice2

यसमा बैँक तथा वित्तीय संस्थाका सञ्चालक समितिका सदस्यहरु तथा प्रमुख कार्यकारी अधिकृतलाई आफू र आफू मातहतका कर्मचारीहरुलाई बैँक नोटमा लेख्न/कोर्न नहुने व्यवस्था मिलाउन निर्देशन जारी गरिएको छ।

के यो व्यवस्था लागू भएपछि लेखेको वा केरेको नोट नचल्ने हो त?

सीधै नचल्ने त भनिएको छैन तर नोटमा लेखेमा वा कोरेमा सजायको व्यवस्था भएको छ। कसले लेखेको वा कोरेको पत्ता लगाउन सक्ने कुरा भएन। लेख्दालेख्दै वा कोर्दाकोर्दै फेला परे अर्कै कुरा। जसको साथमा नोट हुन्छ, उसैको जिम्मा हुने कुरा हुन्छ यो। जसको साथमा लेखेको वा कोरेको नोट छ, कतै उसैलाई सजाय हुने त हैन यो? के भर छ र ! लेखेकै वा कोरेकै व्यक्तिले पनि मैले हैन भन्न सक्ला। पत्ता लगाउने उपाय के त? जसको साथमा केरेको वा लेखेको नोट छ, उसैलाई समात्न थाल्यो भने त बित्यास परेन?

कसैले कोरेको वा लेखेको नोट ल्याएमा स्वीकार गर्ने कि नगर्ने त? त्यस्तो नोटको भविष्य के हुने? यसबारे नेपाल राष्ट्र बैँक मौन छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !