३ मंसिर २०८१, सोमबार

ट्रेड युनियान संगठन एकताका लागि प्रक्रिया शुरु


CPN Flag

१५ साउन, काठमाडौँ  । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सम्बद्ध नेपाल टे«ड युनियन महासंघ र अखिल नेपाल ट्रेड युनियन महासंघको एकताका लागि प्रक्रिया शुरु भएको छ ।

दुबै संगठनबाट समानुपातिक प्रतिनिधित्व हुने गरी नेपाल टे«ड युनियन महासंघका अध्यक्ष विनोद श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय केन्द्रीय सम्मेलन समिति गठन गरिएको छ ।

उक्त समितिको सदस्यमा गणेश रेग्मी, रमेश बडाल, विदुर कार्की, जगत सिंखडा, रीना गुरुङ, धनबहादुर विक, जनक चौधरी, जय कार्की, उषा देवकोटा र सोनालाल साह हुनुहुन्छ ।

समितिले प्रदेश र जिल्ला कमिटीभित्रका साथै उद्योग, यातायात, पर्यटनलगायत क्षेत्रमा विस्तार गरेको सदस्य युनियनको समेत एकता प्रक्रियालाई व्यवस्थित गर्नेछ । समितिले एकताका लागि आवश्यक विधान निर्माण गरी पदाधिकारी तथा केन्द्रीय कमिटीको सदस्य संख्याको टुंगो लगाउने नवगठित समितिका संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।

गत जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का बीच पार्टी एकता भएर नेकपा घोषणा हुँदा तीन महिना भदौ ३ भित्र आधारभूत तहसम्म एकता गरिसक्ने भनिएको भए पनि समयमै आवश्यक विधान र नियमावली बन्न नसकेका कारण अहिलेसम्म कुनै पनि जनवर्गीय संगठन प्रक्रिया अघि बढ्न सकेको थिएन ।

यसअघि पार्टीले सम्बन्धित प्रदेश, जिल्ला र जनसंगठनको जिम्मेवारीमा रहेका इञ्चार्ज, सह इञ्चार्ज र सम्बन्धित कमिटीका अध्यक्ष रहेको कार्यदल गठन गरी एकताबारे सुझावसहितको प्रतिवेदन दिन निर्देशन दिएको बताइएको छ । दुबै पार्टीको विद्यार्थी संगठन र युवा संगठन पनि एकताका लागि गृहकार्य भइरहेको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !