![Nepalpatra](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2018/05/No-image.jpg?fit=790%2C490&ssl=1)
१५ साउन, दमक । झापामा एक दाताले रु ५० लाख मूल्य पर्ने जग्गा वडा कार्यालयलाई दान गरेका छन् ।
जिल्लाको जुरोपानीका बासिन्दा घनश्याम जोशीले गौरादह नगरपालिका– ८ को वडा कार्यालय भवन निर्माणका लागि पाँच कट्ठा जग्गा दान गर्नुभएको हो ।
जोशीले उक्त जग्गा वडा कार्यालयको नाममा रजिष्टे«शन पास गर्नुभएको छ । मुख्य सडकबाट वडा कार्यालयसम्म पुग्न सहायक बाटोका लागिसमेत निःशुल्क जग्गा दिने जोशीसँग सहमति भएको वडाध्यक्ष भूमिराज पोखरेलले जानकारी दिनुभयो । उहाँले आगामी मंसिरदेखि भवन निर्माण थाल्ने बताउनुभयो ।
गौरादह नगरपालिकाको वडा नं १, ५, ६, ७ र ९ को आफ्नै भवन छ । वडा नं २, ३, ४ र ८ को वडा कार्यालयको कामकाज भने हाल भाडाको घरमा सञ्चालन हुँदै आएको छ । (रासस)