११ साउन, दाङ । लमही नगरपालिकाले वडा नंंं ३ का स्थानीय तथा संघसंस्थालाई निःशुल्क रुपमा पाँच सय रुद्राक्षका बिरुवा वितरण गरेको छ ।
इलाका वन कार्यालय लमहीको सहयोगमा तथा लमही नगरपालिकाको आयोजनामा सो बिरुवा वितरण गरिएको वडा अध्यक्ष बाबुराम चौधरीले जानकारी दिनुभयो ।
प्रत्येक घर परिवारलाई दुईवटा र शैक्षिक संघसंस्थालाई पाँच वटाका दरले बिरुवा वितरण गरेको पनि उहाँले जानकारी दिनुभयो । (रासस)