१५ जेष्ठ २०८१, मंगलबार

बुटवल-तानसेन सडकखण्ड एकतर्फी सञ्चालन


butwal-palpa-road-flood-blocked

९ साउन, बुटवल । वर्षाका कारण पहिरो झरेर अवरुद्ध भएको सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडकखण्ड एकतर्फी सञ्चालन गरिएको छ ।

“पाल्पाको दोभान–३ माथिल्लो सिद्धबाबा मन्दिर नजिकै सडक माथिबाट खसेको पहिरोका कारण राति १२ बजेबाट सडक अवरुद्ध भएको थियो । धेरै ठूलो पहिरो भएकाले एकतर्फी रुपमा मात्रै सञ्चालन गरिएको छ”, पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, बुटवलका प्रहरी सहायक निरीक्षक ढाकाराम अधिकारीले भन्नुभयो ।

लेदो माटो र ढुङ्गासहित झरेको पहिरो वर्षा रोकिएपछि मात्रै हटाउन थालिएको थियो । पहिरो झरेर सडक अवरुद्ध भएपछि सिद्धार्थ राजमार्ग हँुदै अर्घाखाची, पाल्पा, गुल्मी, स्याङ्जा, बाग्लुङ लगायतका जिल्लाबाट बुटवल आउने जाने सवारी साधन सञ्चालन भएका छन् । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !