२ मंसिर २०८१, आइतबार

आर्थिक समृद्धिका लागि चौतर्फी विकास आवश्यक ः मुख्य मन्त्री गुरुङ


Prithvi Subba Gurung

९ साउन, नवलपरासी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेशको आर्थिक समृद्धिका लागि चौतर्फी विकास आवश्यक भएको बताउनुभएको छ ।
मंगलबार पूर्वी नवलपरासीको कावासोतीमा संयुक्त एम्बुलेन्स चालक संघ जिल्ला शाखा नवलपरासीको दोस्रो अधिवेशनको उद्घाटनपछि उहाँले गण्डकी प्रदेश आर्थिक समृद्धिको बाटोमा अघि बढेको बताउनुभयो ।
मुख्यमन्त्री गुरुङले राजनीतिक आन्दोलन समाप्त भइसकेकाले अब आर्थिक समृद्धिमार्फत मुलुक समुन्नतीको बाटोमा अघि बढेको उल्लेख गर्नुभयो । उहाँले गरिबी अन्त्य गर्दै मुलुकलाई शान्त, समुन्नत र सम्बद्ध बनाउनतर्फ प्रदेश सरकार लागिरहेको बताउनुभयो ।
मन्त्री गुरुङले अन्य प्रदेशको तुलनामा गण्डकी प्रदेशमा, सांस्कृतिक, पर्यटकीय एंव धार्मिकस्थल रहेको स्मरण गर्दै अतिथी सम्मानमा आफ्नो प्रदेश सबैभन्दा अगाडि रहेको दाबी गर्नुभयो ।
देशमै सबैभन्दा पहिला होमस्टेको शुरुवात गण्डकी प्रदेशकै लमजुङको घलेगाँउबाट शुरु भएको भन्दै मुख्यमन्त्री गुरुङले अहिले गण्डकी प्रदेशका अन्य जिल्लामा पनि होमस्टे शुरुवात गरेपछि पर्यटकको आकर्षण बढेको दाबी गर्नुभयो । उहाँले नवलपुरको कावासोतीमा रहेको अमलटारी होमस्टेको पूर्वाधार विकासका लागि प्रदेश सरकारले सहयोग गर्ने वचनसमेत दिनुभयाेे ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !