२६ पुस २०८१, शुक्रबार

आगो नियन्त्रण गर्न रिजर्भ ट्यांकी र फायर मेसिन अभाव


Nepalpatra

८ साउन, ललितपुर । आगलागी तुरुन्त नियन्त्रणका लागि महानगरका भित्री भागमा पानी राख्ने ट्यांकी र फायर मेसिन व्यवस्था हुन सकेको छैन ।

महानगरपालिका भरमा जम्मा नागबहालमा मात्रै आधुनिक आगो निभाउने यन्त्र र रिजर्भ पानी छ । नगरका अधिकांश भाग आगलागीको जोखिम रहेको नगर प्रहरी प्रमुख कदमलाल महर्जनले बताउनुभयो । दमकल छिर्ने बाटोसमेत नभएका यी स्थानमा उपकरणको व्यवस्था गर्ने र स्थानीयवासीलाई तालीम दिएर आगलागी नियन्त्रण आउन सक्छ । उहाँ भन्नुहुन्छ, “त्यसको व्यवस्थापन गर्न नसकिएकाले हिउँदमा आगलागीको जोखिम हुन्छ ।”

आगलागी नियन्त्रण समयमै हुँदा ठूलो धनजनको क्षति हुनबाट जोगाउन सकिने उहाँले बताउनुभयो । फायर मेसिन र पानीको उपलब्धता हुँदा स्थानीयवासीले आगो लाग्नासाथ निभाउन थाल्छन् । जसले गर्दा आगो ठूलो क्षेत्रफल फैलिएर धेरै क्षति हुन सक्दैन । प्रमुख महर्जन भन्नुहुन्छ, “यी सामग्री उपलब्ध हुँदा नगरवासी दमकललाई खबर गर्नुभन्दा पहिले आगो निभाउन थाल्न सक्छन् ।”

साँघुरो बाटोका कारण नगरका भित्री भागमा दमकल लैजान कठिन रहेको प्रमुख महर्जनले बताउनुभयो । चोकको भित्र आगलागी हुँदा गाडीलाई जाने ठाउँसम्म लगेर त्याहाँबाट रोलिङ गर्दै लान्ुपर्छ । रोलिङ घरमाथिबाट मिलाएर आगो लागेको स्थानसम्म पु¥याउँदा बढी समय लाग्ने हुँदा क्षति बढ्छ । उहाँ भन्नुहुन्छ, “स्थानीयस्तरमा नै फायर मेसिन हुँदा सजिलो र चाँडो हुन्छ ।”

केही वर्ष पहिले जापानी सहयोग संस्था जाइकाले रिजर्भ ट्यांकी निर्माण र फायर मेसिन खरिदमा आर्थिक र प्राविधिकरुपमा सहयोग गरेको थियो । संस्थाले स्थानीयवासीलाई आगो नियन्त्रणको उपायसमेत सिकाएको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !