३१ असार, काठमाडौँ । पूर्व सांसद मञ्चले पूर्व स्वास्थ्य राज्यमन्त्री मो. मुस्ताक आलम ५३ वर्षको उमेरमा निधन भएकोप्रति गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।
मञ्चका महासचिव शंकरनाथ शर्मा अधिकारीले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा आलमको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै मृतात्माको चिर शान्तिको कामना गरी शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ ।
रौतहट जिल्लाबाट २०७० देखि २०७४ सालसम्म संविधानसभा सदस्यमा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका तर्फबाट प्रतिनिधित्व गर्नुभएका पूर्वस्वास्थ्य राज्यमन्त्री आलमको यही २९ गते उपचारका क्रममा गंगालाल हृदय केन्द्रमा उपचारका क्रममा निधन भएको थियो । (रासस)