१ मंसिर २०८१, शनिबार

श्रीमती दाहालको स्वास्थ्यमा सुधार


sita-dahal

१७ असार, चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको स्वास्थमा सुधार आएको छ ।

श्रीमती दाहाल यही असार ३ गते उपचारका लागि अध्यक्ष दाहालसँग सिङ्गापुर जानुभएको थियो । जलचिकित्सा र चिकित्सकको सुझावअनुसारको औंषधि सेवनले उहाँको स्वास्थ्यमा सुधार आएको छ । तीन महिनापछि उहाँ पुनः जाँचका लागि सिङ्गापुर जानुपर्ने छोरी भरतपुर महानगर प्रमुख रेणुले बताउनुभयो ।

स्वास्थ्यमा सुधार आएपछि उहाँहरु आज राति काठमाडौँ आउँदै हुनुुहुन्छ । उहाँसँगै जानुभएका छोरी गंगा र भतिजा समीर यही असार १० गते नै फर्किसक्नुभएको छ ।

यसअघि नयाँ दिल्लीमा सीताको उपचार गरिएको थियो । छोरी रेणुका अनुसार भाइ प्रकाशको निधनपछि आमालाई समस्या देखिएको हो । त्यस अघिसम्म घरायसी सबै काम गर्नसक्ने आमा एकाएक भाइको निधनपछि कमजोर हुँदै गएको उहाँले बताउनुभयो । उहाँलाई उच्च रक्तचाप, मधुमेहजस्ता समस्या रहेको बताइएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !