४ जेष्ठ २०८१, शुक्रबार

मन्त्रीहरु सम्पत्ति विवरण सार्वजनिक, कुन मन्त्रीको कति छ सेयरमा लगानी ?


नेप्से

९ जेठ, काठमाण्डौ । नेपाल सरकारको मन्त्रीपरिषदमा रहेका अधिकांश मन्त्रीहरुले पूँजी बजारमा लगानी रहेको उल्लेख गर्दै सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । प्रधानमन्त्री सहित सरकारमा रहेका अधिकांश मन्त्रीहरुको सेयरमा धेरै थोरै लगानी रहेको छ ।

प्रधानमन्त्री पत्नी राधिका शाक्यको नाममा राष्ट्रिय वचत पत्रको २५ लाख रुपैयाँ बराबरको शेयर रहेको छ ।

रक्षामन्त्री पोखरेलको श्रीमतीको नाममा बरुण हाइड्रोपावरको १० हजार कित्ता, कृषि विकास बैंकको २०० कित्ता र मोर्डन कन्या मल्टिपल कलेजको ५ हजार कित्ता सेयर छ ।

गृहमन्त्री रामबहादुर थापाको श्रीमतीको नाममा अपर तामाकोशी हाइड्रोपावरको १४६ कित्ता, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको नामका रुपाकोट सामुदायिक रेडियोमा ५ हजार रुपैयाँको शेयर छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाको नाममा साबल सहकारीको ५ हजार कित्ता र श्रीमतीको नाममा नवदुर्गा भवानी सहकारीको ५० कित्ता शेयर रहेको छ ।

त्यस्तै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री विष्टका श्रीमतीको मेगा बैंकको २६५ कित्ता र कृषि विकास बैंकको ४९ कित्ता सेयर रहेकाे छ ।

वन तथा वातवरण मन्त्री शक्ति बहादुर बस्नेतको नाममा लाली गुराँस सहकारी संस्थाको १० हजार रुपैयाँ र हाम्रो नयाँ कृषि सहकारी संस्थामा ३ लाख रुपैयाँ लगानी रहेको छ ।

युवा तथा खेलकुदमन्त्री विश्वकर्मको बुवाको नाममा कृषि विकास बैंकको ४०० कित्ता,संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीको गण्डकी विकास बैंकको २६ हजार बराबरको, खानीखोला हाइड्रोपावरको ३० लाख रुपैयाँ बराबरको शेयर रहेको छ ।

कानुनमन्त्री शेरबहादुर तामाङको विभिन्न कम्पनीको १५ लाख रुपैयाँ बराबरको शेयर रहेको उल्लेख छ ।

भौतिक पुर्वधार तथा यातायात मन्त्री रघुवीर महासेठको छ । उनको झण्डै ४० करोड बढी सेयरमा लगानी देखिएको छ ।

महासेठले श्रीमतीको नाममा गुडविल फाइनान्सको ७० हजार रुपैयाँ बराबरको, एनभिपीएल प्रा.लि मा ३७ करोड रुपैयाँ बराबरको, कर्पोरेट बैंकको २ करोड ५० लाख रुपैयाँ बराबर, लक्ष्मी बैंकको १५ लाख रुपैयाँ बराबरकाे र महिला अधिकार तथा विकास केन्द्रमा ५० लाख रुपैयाँ बराबरको शेयर रहेको उल्लेख छ ।

कृषि भुमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालको इन्भेष्टेमन्ट, बिओकेएल, सानिमा र प्राइम बैंकको १० लाख २७ हजार रुपैयाँ बराबरको शेयर रहेको उल्लेख छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !