५ जेष्ठ २०८१, शनिबार

आज पनि नेप्से परिसूचक ओरालो


Bearish Market

९ जेठ, काठमाण्डौ । केही दिनयता ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको चौथो दिन बुधबार पनि निरन्तरता पाएको छ । आज नेप्से परिसूचक ४.५५ अंकले घटी १३२८.२७ को विन्दूमा समेटियो । ‘क’ वर्गका कम्पनीको कारोबारमा संकुचन आएका कारण सेन्सेटिभ इण्डेक्स १.०९ अंकले घट्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.४४ अंकको गिरावट देखियो ।

आज दिन माइक्रोफाइनान्स समूह ५.५७ अंकले तथा अन्य समूह २.३२ अंकले बढे । अन्य सबै समूहको सूचक ओरालो लागे ।

आज दिन बैकिङ समूह ६.१२, होटल समूह ५.०४, विकास बैंक समूह ५.५८, जलविद्युत समूह २.९१, बित्त समूह २.६९, बिमा समूह २६.५७ र उत्पादनमूलक समूह १४.५८ अंकले घटे ।

धेरै कमाउने र गुमाउने कम्पनी

आज दिन मिथिला लघुवित्त विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भयो । किसान माइक्रोफाइनान्सको सेयर मूल्यमा समेत ८.०५ प्रतिशतको वृद्धि भयो ।

आज दिन पोखरा फाइनान्सका संस्थापक सेयरधनीले सबैभन्दा धेरै गुमाए । उनीहरुको सेयरको मूल्य १० प्रतिशतको हाराहारीमा घट्यो ।

धेरै कारोबार गर्ने कम्पनी

आज दिन बजारमा १ सय ६१ कम्पनीका ४ लाख ७० हजार ६ सय १२ कित्ता सेयर २९ करोड ६३ लाख ७ हजार ९ सय ३७ रुपैयाँमा किनबेच भए ।

सबैभन्दा बढी कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकले १ करोड ८९ लाख बढीको कारोबार गर्यो । यस्तै, सिटिजन्स बैंकले १ करोड ५१ लाख, स्वरोजगार लघुवित्तले १ करोड ४४ लाख, इन्भेष्टमेन्ट बैंकले १ करोड २६ लाख, लक्ष्मी बैंकले पनि १ करोड २६ लाख, स्वदेशी लघुवित्तले १ करोड ८ लाख बढीको कारोबार गरे । यसैगरी, नेपाल बैंकले ९८ लाख, फरवार्ड माइक्रोफाइनान्सले ६७ लाख, प्रभू बैंकले ५९ लाख र नवील बैंकले ५६ लाख बढीको कारोबार गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !