१३ बैशाख २०८१, बिहिबार

पशुपतिनाथ मन्दिरअघिको आद्य शङ्कराचार्यको मन्दिर आज उद्घाटन गरिँदै


पशुपतिनाथ मन्दिर

काठमाडौँ । महाशिवरात्रिका अवसरमा काठमाडौँ आएका जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीले आज शनिबार पशुपतिनाथ मन्दिरअघि रहेको आद्य शङ्कराचार्यको मन्दिर उद्घाटन गर्दै छन् ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएको मन्दिर हालै पशुपति क्षेत्र विकास कोषको सक्रियतामा पुनःनिर्माण भएको हो । मन्दिर उद्घाटनपछि उहाँले प्रवचनसमेत गर्नुहुने कार्यक्रम रहेको शङ्कराचार्य मठका मठाधीश डा. रमणानन्द स्वामीले जानकारी दिए ।

कोषको निमन्त्रणमा महाशिवरात्रिमा विशिष्ट साधुका रूपमा बिहीबार राजधानी आएका शङ्कराचार्य निश्चलानन्द सरस्वतीले हिजो बिहान पशुपतिनाथ मन्दिरमा दर्शन गरी शङ्कराचार्य मठमा प्रवचन गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !