५ आश्विन २०८१, शनिबार

राष्ट्रियसभाः नीति तथा कार्यक्रममा धन्यवाद प्रस्ताव


rastriya-sabha-1

७ जेठ, काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सत्ता पक्षका सांसदले राष्ट्रपति भण्डारीद्वारा संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनका लागि धन्यवाद प्रस्ताव राखेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्को संयुक्त बैठकलाई राष्ट्रपतिद्वारा गरिएको सम्बोधनको प्रति टेबल गर्नुभएको थियो । राष्ट्रपति भण्डारीले अपराह्न दुवै सदनलाई आज सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको थियो ।

सांसद पर्शुराम मेघी गुरुङद्वारा प्रस्तुत धन्यवादको प्रस्तावमा सांसद दीनानाथ शर्माले समर्थन गर्नुभएको थियो । बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले नीति तथा कार्यक्रममाथि यही जेठ १० र ११ गते छलफल हुने जानकारी दिनुभयो । बैठक यही जेठ १० गते अपराह्न १ बजे बस्नेछ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !