५ आश्विन २०८१, शनिबार

प्रधानमन्त्रीद्वारा स्व शाहप्रति श्रद्धाञ्जलि


Nepalpatra

५ जेठ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रियस्तरका नेपाली फुटबल खेलाडी मणिविक्रम शाहको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले जारी गरेको प्रेस विज्ञप्तिमा शाहको निधनबाट राष्ट्रले एक उत्कृष्ट फुटबल खेलाडी र फुटबल प्रशिक्षकलाई गुमाएको उल्लेख छ ।

प्रधानमन्त्री ओलीले स्व शाहप्रति श्रद्धाञ्जलि प्रकट गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ । फुटबल खेलाडी शाहको ५१ वर्षको अल्पआयुमा वैशाख ३१ गते निधन भएको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !