![BICC](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2018/03/BICC.jpg?fit=898%2C507&ssl=1)
२४ वैशाख, काठमाण्डौ । संघीय संसद् राष्ट्रियसभाको आजको बैठक शुुरु भएको छ ।
बैठक शुरु भएलगत्तै राष्ट्रियसभाका सदस्यले विशेष समय लिएर बोल्ने क्रम जारी छ । बैठकको शुरुमा सुमनराज प्याकुरेलले मध्यपुर ठिमी नगरपालिकाका प्रमुखमाथि भएको आक्रमणको छानबिन गर्न माग गर्नुभयो ।
सांसदद्वय प्रकाश पन्त र कालीबहादुर मल्ल्ले समसामययिक विषयमा आ–आफ्ना धारणा व्यक्त गर्नुभयो।
बैठकमा ‘राष्ट्रियसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७५’ माथि छलफल हुँदैछ ।